निफ्राको नाफा सामान्य बढ्यो, ईपीएस कति?

Apr 20, 2022 09:56 AM Merolagani



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.८६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३८.०८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १८.७३ प्रतिशत बढेको छ।

खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७३ पैसा घटेर ४ रुपैयाँ २९ पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७३.७ गुणा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ३४.७४ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप तथा सापटी २९.३२ प्रतिशत बढेको छ भने कर्जा ६३.२७ प्रतिशत बढेको छ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।