आँखुखोला जलविद्युतको नाफामा उल्लेख्य सुधार

May 01, 2022 12:03 PM Merolagani

आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६८.५७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेको र खर्च घटेका कारण कम्पनीको नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १७.५३ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा १२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.८० प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने अन्य इक्विटी ६.२८ प्रतिशत घटेको छ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ १९ पैसा बढेर ५ रुपैयाँ ८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.४ गुणा रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।