निर्वाचनको मौन अवधिमा बल्क एसएमएस गर्न रोक

May 09, 2022 06:30 PM Merolagani



निर्वाचनको मौन अवधिमा बल्क एसएमएस गर्न नपाउने व्यवस्था गर्न निर्वाचन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको छ । दूरसञ्चार सेवामार्फत निर्वाचनमा हुनसक्ने प्रभावलाई रोक्नका लागि निर्वाचन आयोगले बल्क एसएमएस रोक्न नियामकलाई अनुरोध गरेको हो ।

प्रविधिको प्रयोगबाट निर्वाचनको निष्पक्षतामा आँच पुर्‍याउन सक्ने भन्दै निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो। 

निर्वाचनको समयमा सामाजिक सञ्जालदेखि इन्टरनेटसम्मलाई निर्वाचन आचारसंहिता अन्तर्गत आयोगले दूरसञ्चार सेवालाई पनि केन्द्रमा राखेको हो।

विशेषगरी निर्वाचनको समयमा उम्मेद्वारहरूले बल्क म्यासेजको माध्यमबाट मतदातालाई प्रभावित पार्नसक्ने भन्दै आयोगले यस्तो निर्णय गरेको हो।

निश्चित क्षेत्रका मतदातालाई केन्द्रमा राखेर उम्मेद्वारहरूले मौन अवधिमा पनि प्रभावित पार्नसक्ने सम्भावना हुन्छ।

निर्वाचनको मौन अवधि सुरू भएपछि पनि उम्मेद्वार तथा राजनीतिक दलले मतदातालाई म्यासेज गर्न सक्छन्। यसले तोकिएको आचारसंहिता विपरित काम गर्नसक्छ। यस्तो हुनसक्ने सम्भावना देखिएकाले यस्तो कार्य बन्द हुने व्यवस्था मिलाउने आयोगले प्राधिकरणलाई अनुरोध गरेको हो।

नेपालमा पाँच अंकको नम्बर निजी तथा व्यावसायिक बल्क एसएमएस सेवाका लागि दिने गरिएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।