आम्दानीसँगै घट्यो उन्नती सहकार्यको नाफा

May 10, 2022 05:00 AM Merolagani



उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको आम्दानीसँगै खुद नाफा पनि घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.७३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.८० प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ४.८३ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ४५.७३ प्रतिशत घटेको छ। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ ८२ पैसा घटेर २२ रुपैयाँ ८ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५९.७७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ६७ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३० प्रतिशत बढेको छ भने जगेडा कोष १८.३८ प्रतिशत घटेको छ। लघुवित्तको सापटी १२.२५ प्रतिशत घटेको छ भने निक्षेप ११.९७ प्रतिशत र कर्जा १२.९३ प्रतिशत बढेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।