ब्याजदर नबढ्ने भएपछि बढ्यो बजार, काराेबार रकममा पनि सुधार

May 11, 2022 03:22 PM Merolagani



नेप्से परिसूचक निरन्तर चौथो कारोबार दिन उकालो लागेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक ५६.०६ अंक बढेर २३६९.०६ विन्दुमा पुगेको छ। यस दिन बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेसँगै बजारले गति लिएको हो। नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा ब्याजदर नबढाउन सुझाव दिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले बताएका थिए। फलस्वरुप बजारमा सकारात्मक प्रभाव परेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ९.५२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४५ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। अघिल्लो कारोबार दिन डेढ अर्बभन्दा कम रकमको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ स्टकको ३७ हजार ७७० पटकको कारोबारमा २ अर्ब १६ करोड ३९ लाख ९० हजार रुपैयाँ बराबरको ५३ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार ९ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, जाल्पा लघुवित्त, गणपति लघुवित्त र बरुण हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन ७ स्टकको मूल्य मात्र घटेको छ। जसमा अधिकांश ऋणपत्र र म्युचुअल फण्ड रहेका छन्।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन ङादी ग्रुप पावरको ८ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको ७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।