सुनचाँदीको मूल्य फेरि वृद्धि, तोलाको कति ?

May 12, 2022 12:11 PM Merolagani



सुनचाँदीको मूल्य फेरि वृद्धि भएको छ । वैशाख २९ गते, बिहीबार सुन तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि उकालो लागेको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा उक्लेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार भने सुन तोलामा एक हजार रुपैयाँले गिरावट भएको थियो । त्यस दिन सुन प्रतितोला ९७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बिहीबार चाँदी पनि महंगिएर प्रतितोला एक हजार २५० रुपैयाँमा पुगेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा ३० रुपैयाँले सस्तिएको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा झरेको थियो ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।