विकास बैकले जेठ महिनाको लागि व्याज दर वृद्धि गर्ने

May 12, 2022 04:10 PM MeroLagani



जेठ १ देखि लागू हुने गरी विकास बैंकहरुले व्याज दर वृद्धि गर्ने भएका छन् । विकास बैंक संघको हालै बसेको कार्यसमिति बैठकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म व्याज दिने सहमति गरेका हुन।

विकास बैक संघ नेपालका अध्यक्ष एवम् मुत्तिनाथ विकास बैकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले अहिलेको चरम तरलता अभावको समस्यालाई ध्यानमा राखेर व्यक्तिगत मुद्दतीमा १२ प्रतिशतसम्म व्याज दिने सहमति गरेको मेरो लगानीलाई बताए ।

यसअघि वाणिज्य बैंकका सीइओहरुको संगठन नेपाल बैकर्स एसोसिएसनले भने जेठ महिनाको लागि व्याज दर नबढाउने सहमति गरेका थिए । केही दिन अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा अझै व्याज दर वृद्धि हुनसक्ने बताएका थिए ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।