विकास बैकले जेठ महिनाको लागि व्याज दर वृद्धि गर्ने

May 12, 2022 04:10 PM MeroLagani



जेठ १ देखि लागू हुने गरी विकास बैंकहरुले व्याज दर वृद्धि गर्ने भएका छन् । विकास बैंक संघको हालै बसेको कार्यसमिति बैठकले व्यक्तिगत मुद्दती निक्षेपमा १२ प्रतिशतसम्म व्याज दिने सहमति गरेका हुन।

विकास बैक संघ नेपालका अध्यक्ष एवम् मुत्तिनाथ विकास बैकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले अहिलेको चरम तरलता अभावको समस्यालाई ध्यानमा राखेर व्यक्तिगत मुद्दतीमा १२ प्रतिशतसम्म व्याज दिने सहमति गरेको मेरो लगानीलाई बताए ।

यसअघि वाणिज्य बैंकका सीइओहरुको संगठन नेपाल बैकर्स एसोसिएसनले भने जेठ महिनाको लागि व्याज दर नबढाउने सहमति गरेका थिए । केही दिन अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा अझै व्याज दर वृद्धि हुनसक्ने बताएका थिए ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।