Thu, Sep 17, 2026
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनको भरतपुरबाट मतदान गरेका छन् । मतदानपछि प्रचण्डले निर्वाचनमा जित–हार सामान्य र स्वभाविक प्रक्रिया दिएका छन् ।
नागरिकले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनुपर्ने धारणा राख्दै आफूले बाल्यकाल बिताएको स्थानमै मत हाल्न पाउँदा खुसी लागेको उनले बताए । जितमा अनावश्यक हौसिने र पराजयमा पूरै निराश हुने मानसिकताले राम्रो काम नगर्ने पनि प्रचण्डले बताए ।
सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।