भोट हालेर घर फर्किने क्रममा बाटोमा नै मृत्य

May 13, 2022 10:09 AM merolagani



भोट हालेर घर फर्किन क्रममा बाटोमा नै बैतडीका एक वृद्धको मृत्यु भएको छ ।आज भोट हालेर फर्किने क्रममा दोगेडा केदार गाउँपालिका –३ कल्फटा बस्ने वर्ष ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको हो ।

सनानत धर्म मावि विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट हालेर घर फर्किने क्रममा उनी अचेत अवस्थामा ढलेर बेहोस भएका थिए । बेहोस् भएका उनलाई आफन्तले अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।