भोट हालेर घर फर्किने क्रममा बाटोमा नै मृत्य

May 13, 2022 10:09 AM merolagani



भोट हालेर घर फर्किन क्रममा बाटोमा नै बैतडीका एक वृद्धको मृत्यु भएको छ ।आज भोट हालेर फर्किने क्रममा दोगेडा केदार गाउँपालिका –३ कल्फटा बस्ने वर्ष ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको हो ।

सनानत धर्म मावि विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट हालेर घर फर्किने क्रममा उनी अचेत अवस्थामा ढलेर बेहोस भएका थिए । बेहोस् भएका उनलाई आफन्तले अस्पताल लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।