काठमाडौं महानगरपालिकाको मतगणना सुरु

May 14, 2022 10:05 AM Merolagani



काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको छ।

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेद्वार रहेका छन्।

काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो। तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए।




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।