काठमाडौं महानगरपालिकाको मतगणना सुरु

May 14, 2022 10:05 AM Merolagani



काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको छ।

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेद्वार रहेका छन्।

काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो। तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।