१ अर्बको कारोबार हुँदा करिब साढे १६ अंक बढ्यो नेप्से

May 24, 2022 03:26 PM Merolagani

पछिल्लो ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस साताको दोस्रो कारोबार दिन भने बढेर बन्द भएको छ। यस दिन नेप्से १६.३२ अंक बढेर २२१७.१९ विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.६२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक बढेको छ।

नेप्से उकालो लागेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएकोमा यस दिन २२४ स्टकको २१ हजार ७०९ पटकको कारोबारमा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन लक्ष्मी लघुवित्तको शेयरमूल्य सर्वाधिक करिब ६ प्रतिशत बढेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ५.९५ प्रतिशत बढेर १ हजार ३१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन अपर तामाकोशीको शेयरमूल्य ५.५८ प्रतिशत बढेर ५०८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ४६ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य ५.३९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ४ करोड ८४ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपर तामाकोशीको ४ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२५ प्रतिशत घटेको छ भने व्यापार उपसमूहको परिसूचक ०.१७ प्रतिशत घटेको छ।

comments powered by Disqus

नागरिक लगानी कोषको लाभांश घोषणा

Jun 25, 2022 07:28 PM

नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।