बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट, जेठ १६ गतेदेखि रकम फिर्ता भुक्तानी

May 26, 2022 09:30 AM Merolagani



बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयर जेठ ११ गते, बुधबार बाँडफाँट भएको हो।

कम्पनी लिमिटेडले बैशाख ११ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो। कम्पनीले सोही शेयर बाँडफाँट गरेको हो।

शेयर बाँडफाँटसम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट तथा निष्काशन कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ।

बाँडफाँटमा नपरेको वा आंशिक बाँडफाँटमा परेको शेयर बापतको रकम जेठ १६ गतेदेखि दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तरण गरिनेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।