मौद्रिक नीतिको समीक्षाले लगानीकर्ताको माग सम्बोधन गरेन, राष्ट्र बैंकले शेयर धितो कर्जा ४/१२ को सिमालाई छोएन

May 27, 2022 12:05 PM Merolagani



मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले पनि शेयर धितो कर्जामा लगाइएको ४/१२ करोडको सिमालाई छोएन। लगानीकर्ताहरुले उक्त नीति आएदेखि नै विरोध जनाउदै आएको भए पनि केन्द्रिय बैंकले भने उक्त विषयलाई सम्बोधन गरेको छैन्।

तेस्रौ त्रैमासिक समीक्षाअघि पनि लगानीकर्ताहरुले ४/१२ करोडको नीतिलाई हटाउनु पर्ने, शेयर कर्जामा बढाइएको जोखिम भारित औसतलाई घटाउनु पर्ने, मर्जरमा गएका कम्पनीहरुको कारोबार रोक्न नहुने तथा तरलताको समस्या सामाधान गर्ने नीति ल्याउनु पर्ने माग राखेका थिए। तर केन्द्रिय बैंकले ती कुनै पनि मागलाई सम्बोधन गरेको छैन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै लगानीकर्ताले एक बैंकबाट ४ करोड र समग्र बैंकिङ्ग सिस्टमबाट १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो। कतिपय लगानीकर्ताले केन्द्रिय बैंकको यही नीतिको कारण शेयर लगातार घट्दो क्रममा रहेको समेत बताउँदै आएका छन्। तर केन्द्रिय बैंकले भने तेस्रो त्रैमासिक समीक्षामा पनि त्यसलाई चलाएको छैन।

असारदेखि बैंक तथा वित्तीय प्रवाह गर्ने शेयर धितो कर्जाको जोखिम भारित औसतलाई बढाएर १५० प्रतिशतसम्म पुर्याएको छ। यसले गर्दा बैंकहरु शेयरबजार भन्दा पनि अन्य क्षेत्रमा कम जोखिम भारित औसत रहेकाे कर्जा प्रवाहमा बढी केन्द्रित हुने देखिन्छन्। लगानीकर्ताले यसको संशोधनको लागि लविङ गर्दै आएको भएपनि केन्द्रिय बैंकले भने त्यसलाई संशोधन गर्न चाहेन ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।