पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाएर राहत दिने सरकारको निर्णय

May 27, 2022 01:08 PM MeroLagani



सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर उपभोक्तालाई राहत दिने निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको संसदमा जानकारी दिए । मन्त्रिपपिरषद्ले स्वीकृति दिएर अर्थ मन्त्रालयमा कार्यान्वयनका लागि गएको उनले बताएका थिए । नेपाल आयल निगमले बजेटसम्बन्धी सुझाव दिँदा १० बुँदे सुझावमा पेट्राेल, डिजेल र मट्टितेलमा १० रुपैयाँ र एलपीजी ग्याँसमा १०० रुपैयाँ कर छुट गर्ने प्रस्ताव गरेको थियो । अर्थ मन्त्रालयका स्रोतका अनुसार पेट्रोलियम पदार्थमा छुट दिने सैद्धान्तिक सहमति पाइए पनि कुन शिर्षकमा कसरी घटाउने भन्ने विषयमा छलफल भइरहेको बताए ।

ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्वाधार कर प्रतिलिटर ५ र भन्सार दर १० रुपैयाँ बढाएका थिए। अहिले पूर्वाधार कर लिटरमा १० रुपैयाँ छ।
सरकारले पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अनुसार मूल्य समायोजन गर्दै आएको थियो। अहिले पेट्रोल लिटरको १८० र डिजल तथा मट्टितेल लिटरको १६३ रुपैयाँ छ। त्यसैगरी एलपीजी ग्याँसको मूल्य १८०० रुपैयाँ छ ।

 




डीडीसीको सित्तैमा प्रचार गरिदिएका बालेनलाई यदि पैसा तिर्नु परेको भए ‘इन्डोर्समेन्ट फि' कति दिनु पर्थ्यो होला ?

May 20, 2026 01:34 PM

सुवास निरौला 

शनिबारको एउटा सामान्य दिउँसो। सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल हुन्छ।