तिलक काेइराला पुन: अनसनस्थल फर्किए, बाेर्डले पत्रकार सम्मेलन गर्दै

Jun 21, 2022 05:02 PM merolagani



पाटन अस्पतालबाट डिस्चार्ज भएपछि  पूँजी बजार संघर्ष समितिका संयाेजक तिलक काेइराला पुन: अनसनस्थल फर्केका छन् ।  स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पताल लगिएकाे थियाे ।

माथिकाे निर्देशन भन्दै प्रहरीले काेइरालालाई अस्पतालमै राख्न खाेजेपछि उनले प्रतिकार गरेका थिए । उनी अस्पतालबाट फर्किए लगत्तै पुन:  अनसनमै फर्केका छन् । अनसनकाे आज साताैं दिन हाे ।

यसै बिषयलाई सम्बाेधन गर्दै धिताेपत्र बाेर्डले केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।