तिलक काेइराला पुन: अनसनस्थल फर्किए, बाेर्डले पत्रकार सम्मेलन गर्दै

Jun 21, 2022 05:02 PM merolagani



पाटन अस्पतालबाट डिस्चार्ज भएपछि  पूँजी बजार संघर्ष समितिका संयाेजक तिलक काेइराला पुन: अनसनस्थल फर्केका छन् ।  स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पताल लगिएकाे थियाे ।

माथिकाे निर्देशन भन्दै प्रहरीले काेइरालालाई अस्पतालमै राख्न खाेजेपछि उनले प्रतिकार गरेका थिए । उनी अस्पतालबाट फर्किए लगत्तै पुन:  अनसनमै फर्केका छन् । अनसनकाे आज साताैं दिन हाे ।

यसै बिषयलाई सम्बाेधन गर्दै धिताेपत्र बाेर्डले केही बेरमा पत्रकार सम्मेलन गर्दैछ ।