धितोपत्र बोर्डको पत्रकार सम्मेलनबाट लगानीकर्ता रुष्ट, आमरण अनसनस्थलमा नारावाजी

Jun 21, 2022 06:38 PM Merolagani



नेपाल धितोपत्र बोर्डले गरेको पत्रकार सम्मेलनबाट लगानीकर्ता रुष्ट भएका छन् । मंगलबार भएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताले उठाएका अधिकांश मागमध्ये धेरैजसो जायज माग कार्यान्वयनको क्रममा रहेको बताएका थिए ।

तर, लगानीकर्ताले उनको भनाइ प्रति विश्वस्त हुन नसकिने भन्दै बोर्ड परिसरमा नै नारा लगाएका थिए ।

पुँजी बजार संघर्ष समितिले पुँजी बजार सुधारको लागि भन्दै १९ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् । समितिले गत जेठ २३ गतेमात्रै धितोपत्र बोर्डका अध्यक्ष हमाललाई माग पत्र बुझाएका थिए । त्यसपछि दिनहुँ आन्दोलन गर्दै आएका छन् ।

बोर्डले माग पुरा नगरेको भन्दै पुँजी बजार सुधार समितिका संयोजक तिलक कोइराला अनसनमा छन् । उनी अनसनमा बसेको आज ७ दिन भइसकेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।