धितोपत्र बोर्डको पत्रकार सम्मेलनबाट लगानीकर्ता रुष्ट, आमरण अनसनस्थलमा नारावाजी

Jun 21, 2022 06:38 PM Merolagani



नेपाल धितोपत्र बोर्डले गरेको पत्रकार सम्मेलनबाट लगानीकर्ता रुष्ट भएका छन् । मंगलबार भएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताले उठाएका अधिकांश मागमध्ये धेरैजसो जायज माग कार्यान्वयनको क्रममा रहेको बताएका थिए ।

तर, लगानीकर्ताले उनको भनाइ प्रति विश्वस्त हुन नसकिने भन्दै बोर्ड परिसरमा नै नारा लगाएका थिए ।

पुँजी बजार संघर्ष समितिले पुँजी बजार सुधारको लागि भन्दै १९ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् । समितिले गत जेठ २३ गतेमात्रै धितोपत्र बोर्डका अध्यक्ष हमाललाई माग पत्र बुझाएका थिए । त्यसपछि दिनहुँ आन्दोलन गर्दै आएका छन् ।

बोर्डले माग पुरा नगरेको भन्दै पुँजी बजार सुधार समितिका संयोजक तिलक कोइराला अनसनमा छन् । उनी अनसनमा बसेको आज ७ दिन भइसकेको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।