सवारीसाधन आयात प्रतिबन्ध हटाउन सरकार सकारात्मक, उद्योग मन्त्री बडूले भने, ‘गाडी आयात प्रतिबन्ध असारसम्म मात्रै हो, धैर्य गर्नुस्’

Jun 22, 2022 10:47 AM Merolagani



उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्दू बडूले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल(नाडालाई) साउन एक गेतबाट सवारीसाधन आयात खुल्ला गर्ने आश्वासन दिएका छन ।

 नाडाको पदाधिकारीले उद्योग मन्त्री बडूसँग भेट गरि जतिसक्दो छिटो सवारी आयातमा लागेको प्रतिबन्ध खुलाउन माग गरेका थिए ।

छलफलमा नाडाका अध्यक्ष धु्रब थापाले थापाले सरकारले देशको बर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो आषाढ मसान्तसम्म भित्र आयातमा लगाइएको प्रतिवन्ध तत्काल खारेजगरी अटोमोवाइल व्यवसायीहरुलाई आफनो व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

‘बैंक तथा वित्तिय निकायहरुमा फाइनान्सको असहजता, एल.सि मार्जिनमा गरिएका बृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएका बृद्धि जस्ता विषयहरुले विगत ८ महिना देखि अटोमोवाइल व्यवसायमा ८० प्रतिशत भन्दा बढीले ह्रास छ’ थापाले भने ‘यस तर्फ सरकारको ध्यान जाओस्’

सरकारको निर्णयले नेपालको अटोमोवाइल क्षेत्रमा खर्बोको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुगेको भन्दै उद्योग मन्त्री बडूलाई ध्यानाकर्षण गराए ।

अगामी भदौ ७ बाट नाडा अटो एक्सपो २०२२ काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय भईसकेको भन्दै त्यसको सहजताको लागि समेतसवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध खुल्न जरुरी रहेको व्यवसायीको माग छ ।

उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूले कार जीप र भ्यान जस्ता नीजि सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध यो आषाढ मसान्तसम्मको लागि मात्र भएकोले धैर्य गर्न व्यवसायीलाई आग्रह गरे ।

आउदो श्रावण १ गते देखि सो प्रतिवन्ध फुकुवा हुने भन्दे मन्त्री बडूले आश्वासन दिदै व्यवसायीलाई निरुत्साहित नगर्ने उनको भनाई छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।