दुईसय किलोमिटर रेन्जदिने इलेक्ट्रिक स्कुटर नेपाल भित्रियो, दुई घण्टामै फुल चार्ज, मुल्य कति ?

Jun 22, 2022 11:40 AM Merolagani



नेपाली बजारमा एक पटकको चार्जमा दुई सय किलोमिटर माथि गुड्ने इलेक्ट्रिक दुई पाङ्ग्रे स्कुटर भित्रिएको छ ।

आक्रमक बजार विस्तारको रणनीतिका साथ जम्वो मोटर्स प्रालिले २ घण्टामा फुलचार्ज हुने ब्रावो स्कटर नेपालमा ल्याएको हो । रेट्रो डिजाइनमा बनेको यो स्कुटर लङ रेन्जको लागि बनेको दाबी कम्पनीले गरेको छ ।

हालसम्म नेपाली बजारमा २०० किलोमिटर माथि रेन्जको स्कुटर भित्रिएको थिएन । नेपालका लागी ब्राभो इलेक्ट्रिक स्कुटरको आधिकारीक वितरक जम्वो मोटर्स प्रालिले नेपालमै पहिलो पटक लङ रेन्ज स्कुटर भित्र्याएको हो ।

 

हाल कम्पनीले देशैभर टेष्ट ड्राइभ कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल जम्वो मोटर्स अन्तर्गत कम्पनीले ओपाइ र लेभ्निङ ब्राण्डका इलेक्ट्रीक स्कुटर समेत भित्र्याउदै आएको छ ।

के के छन बिशेषता ?

नेपाली बजारमा आएको यो स्कुटरमा ३ किलोवाटको मोटर जडान गरिएको छ । दुई भेरियन्टको ब्याट्री अप्सनमा नेपाली बजारमा आएका यो स्कुटरमा २० एम्पीयर र ४० एम्पीयरको ब्याट्री पाउन सकिन्छ । कम्पनीका अनुसार यसमा २१ हजार ७०० सेलको एड्भान्स ब्याट्री रहेको जसलाई २ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

फास्ट चार्जर सहित उपलब्ध यो स्कुटरमा दिइएको ब्याट्रिले एक पटकको चार्जमा २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।

रेन्ज २४० किलाेमिटर

जम्वो मोर्टस्का निर्देशक बिनाेद न्यौपानेले टेष्ट्र ड्राइभ कार्यक्रम सकिएपछि नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । ‘स्कुटर नेपालमा नै दुई घन्टामा फुल चार्ज हुने र २४० किलोमिटरसम्म रेन्ज दिने पहिलो स्कुटर हो।’ 

यो स्कुटरमा टीएफटी डिस्प्ले, कि लेस स्टार्ट, बाइडर टायर, टेलीस्कोपिक सस्पेन्सन, एलइडी लाइट्स, डिस्क ब्रेक, बुट स्पेस लगायतका आकर्षक बिशेषता कम्पनीले उपलब्ध गराएको छ ।

नेपाली बजारमा यो स्कुटरको मूल्य तीन लाख ५० हजार माथि नै हुने अनुमान गरिएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।