शेयर बजार बियरिश ट्रेन्डमा गएपछि विदेशी इन्भेष्टरले भटाभट पैसा झिक्न थाले, भारतबाट मात्रै करिब दुई खर्ब बाहिरियो

Jun 22, 2022 03:01 PM merolagani

विश्व शेयर बजार बियरिश ट्रेन्डमा गएपछि विदेशी लगानीकर्ताले शेयर बजारबाट भटाभट पैसा झिक्न थालेका छन्। सबैजसो देशबाट विदेशी लगानीकर्ताले पैसा झिक्ने क्रम बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

विदेशी लगानीकर्ताहरूले धेरैजसो दक्षिण कोरिया,ताइवान, फिलिपिन्स, थाइल्यान्ड  भारतको बजारबाट पैसा झिकेको बताइएको छ। जसमा सबैभन्दा बढी पैसा भारतीय शेयर बजारबाट झिकिएको अनुमान गरिएको छ। पछिल्लो समय विश्व शेयर बजार नै मन्दी उन्मुख छ। सोही कारण विदेशी लगानीकर्ताले शेयर बजारबाट पैसा झिक्न थालेका हुन्।

अमेरिकी फेडरल रिजर्भ बैकले गरेको ब्याजदर वृद्धि, विश्व बजारमा बढ्दै गएको महँगी र इक्युटिको अधिक मूल्यका कारण विदेशी लगानीकर्ता तत्कालकोलागि शेयर बजारबाट निस्कने रणनीतिमा काम गरिरहेका छन्। भारतीय शेयर बजारबाट मात्रै जुनमा ३१ अर्ब रुपैयाँ भन्दा बढी विदेशी लगानीकर्ताले पैसा झिकिसकेका छन्। जुन एक महिनामा मात्रै उक्त रकम झिकिएको हो। अहिलेसम्म भारतीय शेयर बजारबाट एक खर्ब ९८ अर्ब रुपैयाँसम्म झिकिएको छ।

  

 

 

 

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।