प्रभु लाइफले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलायो

Jun 22, 2022 03:47 PM Merolagani



प्रभु लाइफ इन्स्योरेन्स (PLI) ले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीले असार २३ गते दिउँसो ११ः४५ बजे, अम्रपाली बैंङक्वेट भाटभटेनी काठमाडौंमा सभा बोलाएको हो ।

कम्पनीले बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी पुर्याउन अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको पूँजी वृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।

यस्तै संस्थापक समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्ती समेत अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनाको लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।