प्रभु लाइफले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलायो

Jun 22, 2022 03:47 PM Merolagani



प्रभु लाइफ इन्स्योरेन्स (PLI) ले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीले असार २३ गते दिउँसो ११ः४५ बजे, अम्रपाली बैंङक्वेट भाटभटेनी काठमाडौंमा सभा बोलाएको हो ।

कम्पनीले बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी पुर्याउन अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको पूँजी वृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।

यस्तै संस्थापक समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्ती समेत अनुमोदन गर्नेछ ।

साधारण सभा प्रयोजनाको लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।