लगानीकर्ताका १९ बुँदे माग सम्बोधन गर्न समिति गठन गरिने, आजै अनसन तोडिने

Jun 22, 2022 05:06 PM Merolagani



आन्दोलनरत लगानीकर्ताका माग सम्बोधन गर्नका लागि एक समिति गठन गर्ने तयारी भएको छ । नेपाल धितोपत्र बोर्डका दुई जना प्रतिनिधि र लगानीकर्ताको तर्फबाट पाँच जना प्रतिनिधी समावेश हुने गरी समस्या समाधान समिति गठन गर्ने सहमति भएको हो ।

समितिमा नेपाल धितोपत्र बोर्डका तर्फबाट मुक्ति श्रेष्ठ र विनयदेव आर्चाय रहने भएका छन् भने लगानीकर्ताको तर्फबाट पाँच जना रहने गरी ७ जनाको समिति गठन गरिने भएको हो ।

उक्त समितिले लगानीकर्ताहरूकाे १९ बुँदे माग पुरा हुने समय अवधि ताेकिएर पछि मात्रै अनसन तोडिने भएको हाे । समितिले आजै सबै माग पुरा गर्ने सेड्युल बनाए अनसनरत काेइरालाले अनसन ताेड्ने जानकारी गराए ।


हिजो भएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताले उठाएका अधिकांश माग मध्ये धेरैजसो जायज माग कार्यान्वयको क्रममा रहेको बताएका थिए । त्यही आधारमा आज समस्या समाधानका लागि समिति गठन गर्न लागिएको आन्दोलनरत एक लगानीकर्ताले बताए ।


पुँजी बजार संघर्ष समितिले पुँजी बजार सुधारको लागि भन्दै १९ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् । समितिले गत जेठ २३ गतेमात्रै धितोपत्र बोर्डका अध्यक्ष हमाललाई माग पत्र बुझाएका थिए । त्यसपछि दिनहुँ आन्दोलन गर्दै आएका छन् ।

बोर्डले माग पुरा नगरेको भन्दै पुँजी बजार सुधार समितिका संयोजक तिलक कोइराला अनसनमा छन् । उनी अनसनमा बसेको आज ८ दिन भइसकेको छ ।

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।