लगानीकर्ताका १९ बुँदे माग सम्बोधन गर्न समिति गठन गरिने, आजै अनसन तोडिने

Jun 22, 2022 05:06 PM Merolagani



आन्दोलनरत लगानीकर्ताका माग सम्बोधन गर्नका लागि एक समिति गठन गर्ने तयारी भएको छ । नेपाल धितोपत्र बोर्डका दुई जना प्रतिनिधि र लगानीकर्ताको तर्फबाट पाँच जना प्रतिनिधी समावेश हुने गरी समस्या समाधान समिति गठन गर्ने सहमति भएको हो ।

समितिमा नेपाल धितोपत्र बोर्डका तर्फबाट मुक्ति श्रेष्ठ र विनयदेव आर्चाय रहने भएका छन् भने लगानीकर्ताको तर्फबाट पाँच जना रहने गरी ७ जनाको समिति गठन गरिने भएको हो ।

उक्त समितिले लगानीकर्ताहरूकाे १९ बुँदे माग पुरा हुने समय अवधि ताेकिएर पछि मात्रै अनसन तोडिने भएको हाे । समितिले आजै सबै माग पुरा गर्ने सेड्युल बनाए अनसनरत काेइरालाले अनसन ताेड्ने जानकारी गराए ।


हिजो भएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताले उठाएका अधिकांश माग मध्ये धेरैजसो जायज माग कार्यान्वयको क्रममा रहेको बताएका थिए । त्यही आधारमा आज समस्या समाधानका लागि समिति गठन गर्न लागिएको आन्दोलनरत एक लगानीकर्ताले बताए ।


पुँजी बजार संघर्ष समितिले पुँजी बजार सुधारको लागि भन्दै १९ बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् । समितिले गत जेठ २३ गतेमात्रै धितोपत्र बोर्डका अध्यक्ष हमाललाई माग पत्र बुझाएका थिए । त्यसपछि दिनहुँ आन्दोलन गर्दै आएका छन् ।

बोर्डले माग पुरा नगरेको भन्दै पुँजी बजार सुधार समितिका संयोजक तिलक कोइराला अनसनमा छन् । उनी अनसनमा बसेको आज ८ दिन भइसकेको छ ।

 




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।