सिमेन्टमा लाग्दै आएको प्राकृतिक स्रोत शुल्क खारेज

Jun 22, 2022 06:09 PM MeroLagani



बागमती प्रदेश सरकारले सिमेन्टमा लाग्दै आएको प्राकृतिक स्रोत शुल्कलाई खारेज गरेको छ ।

प्रदेश भित्र उत्पादन हुने सिमेन्टमा कारखाना मुल्यमा ०.२५ प्रतिशत प्राकृतिक स्रोत शुल्क लाग्दै आएकोमा बागमती प्रदेश सरकारले त्यसलाई खारेज गरेको हो । बागमती प्रदेश सरकारले हालै सार्वजनिक गरेको आव २०७९।८० को आर्थिक विधेयकमा सो व्यवस्था गरेको हो ।

कानुन बमोजिम चुनढुंगा खानीको अनुमति लिइ सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरुले प्रयोग गर्ने चुनढुंगामा कर नलाग्ने व्यवस्थालाई पनि प्रदेश बजेटले निरन्तरता दिएको छ । नेपाल सिमेन्ट उत्पादक संघले बागमती प्रदेश सरकारले स्वदेशी उत्पादनमुलक उद्योगहरुलाई संरक्षण गर्ने निति लिईएको बताउँदै प्रदेश सरकारले ल्याएको नीतिको स्वागत गरेको छ ।

नेपालका उद्योगहरु पुर्ण क्षमतामा संचालन भएमा १५० अरव भन्दा वढि रकमको निकाशी गर्ने प्रवल सम्भावना रहेको छ । यसले देशमा चुलिएको व्यापार घाटा कम गर्न र अमुल्य विदेशी मुद्रा सञ्चिति गर्नमा उल्लेखनीय भूमिका खेल्ने संघले जनाएको छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।