खप्तड लघुवित्तकाे शेयर रजिष्ट्रारमा मेगा क्यापिटल नियुक्त

Jun 23, 2022 03:33 PM Merolagani



खप्तड लघुवित्त वित्तिय संस्था (Khaptad) र मेगा क्यापिटल मार्केट्स लिमिटेड(MegaCapitalMarkets) बीच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउनेबारे सम्झौता भएकाे छ । खप्तड लघुवित्तकाे सर्वसाधारणलाई निष्काशन गर्ने प्रक्रियामा रहेको १ लाख ३२ हजार कित्ता शेयर निश्कासनकालागि मेगा क्यापिटललाई नियुक्त गरिएकाे छ ।

उक्त निष्काशन बाँडफाँड पश्चात कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक/रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस शेयरहरुरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, शेयर नामसारी तथा दाखिला खारेज जस्ता शेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका प्रयोजनार्थ मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हाे ।असार ८ गते,बुधबार मेगा क्यापिटल, त्रिपुरेश्वरमा एक कार्यक्रममा खप्तड लघुवित्त तथा मेगा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउनेबारे सम्झौता पत्र हस्ताक्षर भएको थियाे।

उक्त सम्झौता पत्रमा खप्तड लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरे । सो कार्यक्रममा खप्तड लघुवित्तका सञ्चालक रणदेव कृष्ण श्रेष्ठ र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।