ताेकिएको समयमा लेखापरीक्षणको प्रतिवेदन नबुझाएका २२ कम्पनी बीमा समितिको कारबाहीमा

Jun 23, 2022 03:32 PM Merolagani



बीमा समितिले २२ वटा बीमा कम्पनीहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । समितिले समयमै लेखापरीक्षण नबुझाएको भन्दै १८ वटा जीवन बीमा, ३ वटा निर्जीवन बमिा र एक वटा पुर्नबीमा गरी कम्पनी लाई कारबाही गर्ने निर्णय गरेको हो ।

समितिले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिविदन समयमै पेश नगरेको भन्दै जरिवाना सहित कारवाहि गरेको हो ।

समितिले १० वटा कम्पनीलाई प्रति कम्पनी १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई प्रति कम्पनी १० हजार ५०० रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।

समितिले नेपाल पुनर्बीमा कम्पनी, एलआईसी नेपाल, एशियन लाइफ, सूर्य लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सिटिजन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाँको दरले जरिवाना गर्ने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ, नेपाल लाइफ, गुराँस लाइफ, आइएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, सानिमा लाइफ, दि ओरियन्टल, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई १० हजार ५०० रुपैयाँको दरले जरिवाता तिराउने निर्णय गरेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।