ताेकिएको समयमा लेखापरीक्षणको प्रतिवेदन नबुझाएका २२ कम्पनी बीमा समितिको कारबाहीमा

Jun 23, 2022 03:32 PM Merolagani

बीमा समितिले २२ वटा बीमा कम्पनीहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । समितिले समयमै लेखापरीक्षण नबुझाएको भन्दै १८ वटा जीवन बीमा, ३ वटा निर्जीवन बमिा र एक वटा पुर्नबीमा गरी कम्पनी लाई कारबाही गर्ने निर्णय गरेको हो ।

समितिले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिविदन समयमै पेश नगरेको भन्दै जरिवाना सहित कारवाहि गरेको हो ।

समितिले १० वटा कम्पनीलाई प्रति कम्पनी १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई प्रति कम्पनी १० हजार ५०० रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।

समितिले नेपाल पुनर्बीमा कम्पनी, एलआईसी नेपाल, एशियन लाइफ, सूर्य लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, सिटिजन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाँको दरले जरिवाना गर्ने निर्णय गरेको छ ।

यस्तै राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ, नेपाल लाइफ, गुराँस लाइफ, आइएमई लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, सानिमा लाइफ, दि ओरियन्टल, नेशनल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीलाई १० हजार ५०० रुपैयाँको दरले जरिवाता तिराउने निर्णय गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।