अपाचे आरटीआर १६० फोर भी आरटीएफआई भर्सनमा सार्वजनिक, के के थपिए नयाँ फिचर ?

Jun 23, 2022 05:05 PM Merolagani



नेपाली बजारमा अपाचे आरटीआर १६० फोर भी आरटीएफआई (बीएस ६) भर्सनमा सार्वजनिक भएको छ । नेपालका लागि टीभीएस अपाचे बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सले थप फिचर सहित यो मोटरसाइकला नेपाल भित्र्याएको हो ।

बिहिबार एक कार्यक्रम गरि तीन राइड मोड,बिएससिक्स र लाइटमा परिर्वतन सहित यो मोटरसाइकल नेपाली बजारमा उतारेको हो ।

 

C5# बीएस ६ भर्सनमा आउने यो मोटरसाइकल यो सेग्मेन्टमा नै पहिलो तीन राइडिङ मोडसहित आएको कम्पनीले जनाएको छ । आरटीआर १६० फोर भीको आरटीएफआई भर्सनमा रेन,अर्वान र स्पोर्टस गरी तीन मोड उपलब्ध रहेको छ ।

अरु के के छन फिचर ?

यो मोटरसाइकलमा स्मार्ट कनेक्टेड फिचर उपलब्ध छ जसले मोबाइललाई स्क्रीनमा कनेक्ट गर्न सकिन्छ ।

चालकले ब्लुटुथ कनेक्ट मार्फत आफ्नो स्मार्ट फोन मोटरसाइकलमा कनेक्ट गरेर कल अर्लट, एसएमएस अर्लट, रेस टेलिमिट्री, टर्न वाई टर्न नेभिगेशन, लिन एंगल मोड जस्ता अत्याधुनिक फिचरहरु प्रयोग गर्न सक्नेछन् ।

रेस ट्यून फ्यूल इन्जेक्शन टेक्नोलोजीले यो मोटरसाइकलको पर्फमेन्स तथा यसको माइलेजलाई उत्कृष्ट बनाएको छ ।

अपाचे आरटीआर १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई इन्जिन १७.५ पीएस पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स, १२ लिटर इन्धन क्षमता, लगाएतका बिषेता उपलब्ध छन ।

नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार तोकिएको छ । 




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।