अपाचे आरटीआर १६० फोर भी आरटीएफआई भर्सनमा सार्वजनिक, के के थपिए नयाँ फिचर ?

Jun 23, 2022 05:05 PM Merolagani



नेपाली बजारमा अपाचे आरटीआर १६० फोर भी आरटीएफआई (बीएस ६) भर्सनमा सार्वजनिक भएको छ । नेपालका लागि टीभीएस अपाचे बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सले थप फिचर सहित यो मोटरसाइकला नेपाल भित्र्याएको हो ।

बिहिबार एक कार्यक्रम गरि तीन राइड मोड,बिएससिक्स र लाइटमा परिर्वतन सहित यो मोटरसाइकल नेपाली बजारमा उतारेको हो ।

 

C5# बीएस ६ भर्सनमा आउने यो मोटरसाइकल यो सेग्मेन्टमा नै पहिलो तीन राइडिङ मोडसहित आएको कम्पनीले जनाएको छ । आरटीआर १६० फोर भीको आरटीएफआई भर्सनमा रेन,अर्वान र स्पोर्टस गरी तीन मोड उपलब्ध रहेको छ ।

अरु के के छन फिचर ?

यो मोटरसाइकलमा स्मार्ट कनेक्टेड फिचर उपलब्ध छ जसले मोबाइललाई स्क्रीनमा कनेक्ट गर्न सकिन्छ ।

चालकले ब्लुटुथ कनेक्ट मार्फत आफ्नो स्मार्ट फोन मोटरसाइकलमा कनेक्ट गरेर कल अर्लट, एसएमएस अर्लट, रेस टेलिमिट्री, टर्न वाई टर्न नेभिगेशन, लिन एंगल मोड जस्ता अत्याधुनिक फिचरहरु प्रयोग गर्न सक्नेछन् ।

रेस ट्यून फ्यूल इन्जेक्शन टेक्नोलोजीले यो मोटरसाइकलको पर्फमेन्स तथा यसको माइलेजलाई उत्कृष्ट बनाएको छ ।

अपाचे आरटीआर १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड आरटीएफआई इन्जिन १७.५ पीएस पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स, १२ लिटर इन्धन क्षमता, लगाएतका बिषेता उपलब्ध छन ।

नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ३ लाख ७९ हजार तोकिएको छ । 




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।