इन्धनको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा ७ प्रतिशतसम्म घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?(सूचीसहित)

Jun 26, 2022 11:55 AM Merolagani



इन्धनको मूल्य प्रतिलिटर २९ रुपैयाँसम्म घटेपछि सरकाले सार्वजनिक सवारीसाधनको भाडापनि घटाएको छ ।

 

यातायात व्यवस्था विभागले आइताबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम ७ प्रतिशतसम्म भाडा घटाएको हो ।

सरकारले शनिबार पेट्रोल प्रतिलिटर २० रुपैयाँ तथा डिजेल/मट्टितेलमा २९ रुपैयाँ घटाएको थियो । हाल पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ । सरकारले इन्धनको मूल्य घटाएसँगे सार्वजनिक यातायातको भाडा समायोजन भएको बताइएको छ ।

विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.४१ प्रतिश घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९७ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.६८ प्रतिशत भाडा घटेको यातायात विभागले जनाएको छ ।

यस्तो छ नयाँ भाडा दर

 





विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।