इन्धनको मूल्य घटेपछि सार्वजनिक यातायातको भाडा ७ प्रतिशतसम्म घट्यो, अब कहाँ पुग्न कति लाग्छ ?(सूचीसहित)

Jun 26, 2022 11:55 AM Merolagani



इन्धनको मूल्य प्रतिलिटर २९ रुपैयाँसम्म घटेपछि सरकाले सार्वजनिक सवारीसाधनको भाडापनि घटाएको छ ।

 

यातायात व्यवस्था विभागले आइताबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम ७ प्रतिशतसम्म भाडा घटाएको हो ।

सरकारले शनिबार पेट्रोल प्रतिलिटर २० रुपैयाँ तथा डिजेल/मट्टितेलमा २९ रुपैयाँ घटाएको थियो । हाल पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ । सरकारले इन्धनको मूल्य घटाएसँगे सार्वजनिक यातायातको भाडा समायोजन भएको बताइएको छ ।

विभागका अनुसार अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.४१ प्रतिश घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९७ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.६८ प्रतिशत भाडा घटेको यातायात विभागले जनाएको छ ।

यस्तो छ नयाँ भाडा दर

 





अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।