बुढीगण्डकी जलविद्युत आयोजना कम्पनी मोडेलमा बन्ने

Jun 28, 2022 06:46 PM MeroLagani



मंगलबार बसेको मन्त्रीपरिषद बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी कम्पनी खोल्न स्वीकृत दिएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कम्पनी खोल्नका लागि प्रस्ताव मन्त्रीपरिषदमा पेस गरेको थियो। चैत २४ मा बसेको मन्त्रिपरिषदको बैठकले बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवासँग खोस्ने निर्णय गरेको थियो ।

मन्त्रीपरिषदले कम्पनी खडा गर्नका लागि स्वीकृति दिएसँगै अब आयोजना स्वदेशी लगानीमै कम्पनी मोडेलमा बनाउनका लागि बाटो खुलेको हो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।