जेठमा जीवन बीमा कम्पनीहरूको बीमाशुल्क ९ अर्ब माथि, बागमति प्रदेशको मात्रै ४३ प्रतिशत योगदान

Jun 29, 2022 03:18 PM Merolagani



जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनामा करिब ९ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । एक महिनामा १९ जीवन बीमा कम्पनीहरुले एक करोड २६ लाख ३२ हजार ३७३ वटा बीमालेख जारी गरी ९ अर्ब ७ करोड ६० लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुले एक महिनामा आर्जन गरेको कुल बीमाशुल्कमा ठुलो हिस्सा बागमति प्रदेशले ओगटेको छ । समितिले उपलब्ध गराएको तथ्यांक अनुसार कुल बीमाशुल्कको ४२.९९ प्रतिशत अर्थात ३ अर्ब ९० करोड रुपैयाँ बीमाशुल्क बागमति प्रदेशबाट मात्रै संकलन भएको हो ।

बागमति प्रदेशपछि लुम्बिनी प्रदेशबाट कुल बीमाशुल्कको १४.५७ प्रतिशत अर्थात एक अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै प्रदेश १ बाट १ अर्ब १० करोड ६८ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १ अर्ब ४ करोड २४ लाख रुपैयाँ, मधेश प्रदेशबाट ८८ करोड १४ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट ४७ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांक छ ।

जेठ महिनामा सबै भन्दा कम बीमाशुल्क आर्जन गर्ने प्रदेशमा कर्णाली प्रदेश रहेको छ । कर्णाली प्रदेशबाट जम्मा ३४ करोड ९७ लाख रुपैयाँ अर्थात कुल बीमाशुल्कको ५.२० प्रतिशत मात्रै आर्जन गरेको छ ।

बीमा योजनाको आधारमा भने सावधिक जीवन बीमा योजना सर्वसाधारणको उच्च आकर्षण देखिएको छ । जेठ महिनामा सावधिक जीवन बीमा योजना अन्तर्गत २० लाख ८९५ वटा बीमालेख जारी गरी ३ अर्ब ४२ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यो जीवन बीमा कम्पनीहरुले जेठ महिनामा आर्जन गरेको कुल बीमाशुल्क ९ अर्ब ७ करोड ६० लाख रुपैयाँको ३७.७० प्रतिशत हो ।

यस्तै, यस अवधिमा जीवन बीमा कम्पनीहरुले ४ लाख ४१ हजार ९६१ वटा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख जारी गरी २ अर्ब २ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो कुल बीमाशुल्कको २२ प्रतिशत हो ।

जीवन बीमा कम्पनीहरुले जेठ महिनामा संकलन गरेको कुल बीमाशुल्कमा बालबच्चा सावधिक जीवन बीमा योजनाको १५.४३ प्रतिशत, रुपान्तरित जीवन बीमा योजनको १४.४३ प्रतिशत, लघु जीवन बीमाको २.३८ प्रतिशत, आजीवन जीवन बीमाको २.९४ प्रतिशत योगदान रहेको छ ।

यस्तै, बैदेशिक रोजगार म्यादी जीवन बीमामा २.७६ प्रतिशत, म्यादी जीवन बीमामा पनि कुल बीमाशुल्कको १.०४  प्रतिशत भन्दा धेरैको योगदान रहेको छ ।

सबै भन्दा कम भने एकल बीमाशुल्क जीवन बीमा योजनाको रहेको छ । जेठ महिनामा एकल बीमाशुल्क जीवन बीमा योजनाबाट ९ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन भएको समितिले जनाएको छ ।

यो जीवन बीमा कम्पनीहरुले जेठमा आर्जन गरेको कुल बीमाशुल्कको ०.९९ प्रतिशत मात्रै हुन आउँछ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।