वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि स्वास्थ्य बीमा स्थगित गर्ने

Jun 29, 2022 01:34 PM Merolagani



वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले एक सूचना जारी गर्दै दाबी भुक्तानी नपाएको भन्दै असार २० गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने जनाएको हो ।

स्वास्थ्य बीमा बोर्डले प्रतिष्ठानलाई प्रदान गर्नुपर्ने सम्पूर्ण दावी रकमको भुक्तानी नभएसम्म स्वास्थ्य बीमा सेवा स्थगित गरिएको प्रतिष्ठानले जनाएको छ । बीमितहरुलाई प्रतिष्ठानले बहिरङ्ग, आकस्मिक तथा अन्तरङ्ग अनर्तगत दिइने सम्पूर्ण सेवाहरु अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि स्थगन गरिने जनाएको हाे ।

प्रतिष्ठानले दैनिक रुपमा उपचारको लागि आउने बीरामीहरुलाई स्वास्थ्य उपचार सेवा पुर्याए वापत प्राप्त गर्नुपर्ने रकम समयमा नै प्राप्त हुन नसक्दा कर्मचारीहरुको नियमित तलब भत्ता लगायतको दैनिक प्रशासनिक खर्च एंव अस्पतालको दैनिक खर्चमा समेत असर परेको जनाएको छ ।

यस्तै बोर्डले प्रतिष्ठानको अनुरोधलाई वेवास्ता गर्दै दाबी प्रकृयालाई सहजीकरण नगरी एकातर्फी रुपमा विविध शर्त तथा बन्देजहरु लगाई दाबीहरुको कम भ्यालुयसन गर्ने तथा रिजेक्ट गर्ने गरेको आरोप लगाएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।