बरुण हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

Jun 29, 2022 01:17 PM Merolagani



नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनी (BARUN) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई शत प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले १ बराबर १ अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।

कम्पनीको हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक  आरबीबी मर्चेन्ट बैकिङ्ग रहेको छ । 

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।