बरुण हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

Jun 29, 2022 01:17 PM Merolagani



नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनी (BARUN) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई शत प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले १ बराबर १ अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।

कम्पनीको हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक  आरबीबी मर्चेन्ट बैकिङ्ग रहेको छ । 

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।