याेग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप ६ वटा कम्पनीलाई अनुमति

Jun 29, 2022 01:27 PM Merolagani



नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको थप सूची सार्वजनिक गरेको छ ।

बोर्डले असार १४ गते थप ६ वटा नयाँ कम्पनी थपेर योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको हो ।

बोर्डले गौरव नेपाल इन्भेष्टमेन्ट,नविल ब्यालेन्सड् फण्ड ३, पशुपति भेन्चर क्यापिटल, समृद्धि फाइनान्स, कामना सेवा विकास बैंक र सिद्धार्थ व्यवस्थित लगानी योजनालाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएको हो ।

योसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने योग्य संस्थाको संख्या १०६ वटा पुगेको छ ।





पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।