याेग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न थप ६ वटा कम्पनीलाई अनुमति

Jun 29, 2022 01:27 PM Merolagani



नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको थप सूची सार्वजनिक गरेको छ ।

बोर्डले असार १४ गते थप ६ वटा नयाँ कम्पनी थपेर योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको हो ।

बोर्डले गौरव नेपाल इन्भेष्टमेन्ट,नविल ब्यालेन्सड् फण्ड ३, पशुपति भेन्चर क्यापिटल, समृद्धि फाइनान्स, कामना सेवा विकास बैंक र सिद्धार्थ व्यवस्थित लगानी योजनालाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएको हो ।

योसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने योग्य संस्थाको संख्या १०६ वटा पुगेको छ ।





१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।