नेपाल र बंगलादेशको क्षेत्रीय व्यापार वृद्धि गर्न विश्व बैंकले १ अर्ब डलरको सहयोग गर्ने

Jun 29, 2022 01:52 PM MeroLagani



बिश्व बैंकले नेपाल र बंगलादेशको क्षेत्रीय व्यापार अभिवृद्धिका लागि १.०३ अर्ब डलर (१ खर्ब ३० अर्ब) रुपैयाँ वित्तीय सहयोग गर्ने भएको छ । विश्व बैकले व्यापार र ढुवानी खर्च घटाउन एवम व्यापारको समय घटाउने दिशामा यो सहयोग स्वीकृत गरेको हो ।

विश्व बैंकको एक्सेस कार्यक्रम अन्तर्गत दुई देशका सरकारले क्षेत्रीय व्यापारमा आईपर्ने अवरोधहरु पत्ता लगाउने, व्यापार पूर्वाधारको अवस्था, व्यापारको कागजी प्रक्रिया र नीतिगत प्रक्रियाहरु संशोधन गर्नेछ ।

पहिलो चरण अन्तर्गत क्षेत्रीय व्यापारलाई डिजिटल अटोमेशनमा रुपान्तरण गरी लामाे प्रक्रिया पुरा गर्नुपर्ने पुरानो कागजी प्रक्रियालाई हटाईने छ । यसले सिमामा हुने झन्झटिलो प्रक्रिया अन्त्य गर्नेछ । यस्तै उक्त सहयोगमार्फत क्षेत्रीय व्यापारका लागि आवश्यक सवारीमा ट्र्याकिङ प्रणाली जडान गरिने, बन्दरगाहको स्तरोन्नति गरिने, बन्दरगाहमा सीसीटिभी राखिने, व्यापारिक करिडोरहरुको स्तरोन्नति गरिनेलगायतका क्रियाकलापहरु पर्नेछन् ।

उक्त सहयोग अन्तर्गत बंगलादेशले पाएको ७५ करोड ३५ लाख डलरले दुई लेनको सिलेट चरकाई सिओला सडकलाई स्तरोन्नति गरिनेछ । यसले साविकको यात्रा समयमा ३० प्रतिशतको कटौति गर्ने बताईएको छ । यसले सिओला बन्दरगाहलाई ढाका–सैलेट राजमार्गसँग जोडनेछ ।

यता नेपालले पाएको २७ करोड ५० लाख डलरले भने पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल गोरुसिंगे चनौटा ९ किलोमिटर सडकखण्डको स्तरोन्नति गरिने छ । यसले पनि साविकको भन्दा यात्रा समय ३० प्रतिशतले घट्ने बताईएको छ । यो परियोजनाले राजमार्गको विभिन्न क्षेत्रमा कम्तिमा ३ वटा बजार विस्तार गर्नेछ जसले उद्यमी महिला र व्यापारीहरुले प्रत्यक्ष फाईदा लिने बताईएको छ । यस्तो बजार क्षेत्रमा वाईफाई, शौचालय, डिजिटल बुलेटिन बोर्डलगायतको सुविधा हुनेछ । उक्त परियोजनाले वीरगंज र भैरहवा सिमा नाकाका बन्दरगाहको क्षमता विकासमा पनि सहयोग पुर्याउने छ ।

 




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।