एनबी बैंकलाई गाभ्न नबिलले पायो राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

Jun 29, 2022 02:53 PM Merolagani



नेपाल राष्ट्र बैंकले नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभ्न अन्तिम स्वीकृति प्रदान गरेको छ। नेपाल राष्ट्र बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले एनबी बैंकलाई गाभ्नको लागि नबिल बैंकलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।

राष्ट्र बैंकले अन्तिम स्वीकृत दिएपछि अब कम्पनी रजिस्ट्रारको स्वीकृति लिएर दुई बैंकले एकीकृत कारोबार गर्ने प्रक्रिया अगाडि बढाउने छन्।

नबिल बैंकले एनबी बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना हुनेछन् । दुइ बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।