सेञ्चुरी कमर्सियल बैंक र नेप्सेबीच “सेञ्चुरी डिबेन्चर २०८८” को सूचीकरण गर्ने सम्झौता

Jun 30, 2022 10:02 PM Merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) र नेपाल स्टक एक्सचेञ्जबीच १० वर्षे अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र (CCBD88) को सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

बैंकले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिएको २२ लाख थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असार १५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।