नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने

Jul 04, 2022 09:41 AM Merolagani



नबिल बैंक (NABIL) र नेपाल बङ्गलादेश बैंकले असार २७ गतेदेखि एकिकृत कारोबार भएको छ। नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गरेपश्चात एकिकृत कारोबार गर्न लागेको हो।

गत जेठ ७ गते सम्पन्न दुबै बैंकको विशेष साधारण सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको हो। एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्राप्त गरेको थियो।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंक (NBB) लाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो। नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना हुनेछन्। दुइ बैंक गाभिएपछि चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।