नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Jul 20, 2022 05:41 AM Merolagani

नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (साउन ४ गते) अन्तिम दिन रहेको छ। अर्थात बैंकले निष्काशन गरेको ५ वर्षे अवधिको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ मा आजसम्म आवेदन दिन सकिनेछ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ। सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन्।

सो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

comments powered by Disqus

यो बियरमा शेयर मूल्य ५० रुपैयाँसम्म झर्ला ? अघिल्लो बियरको मूल्यसँग तुलना गर्दा यस्तो देखियो, एनटिसीले बजार फर्काउने

Sep 25, 2022 05:52 PM

सुवास निरौला

गएको बियर ट्रेन्डमा प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँको हाराहारीमा झरेकाे थियाे। जबकि ती शेयर प्राथमिक बजारमै एक सय रुपैयाँ प्रति कित्ताका दरले निष्कासन भएका थिए। बेस प्राइस भन्दा ५० प्रतिशत छुटमा शेयर पाउँदा समेत तत्कालीन समयमा उक्त मूल्यमा शेयर सहज खरिद बिक्री हुने सहज अवस्था थिएन।