दिनेश गुणवर्देना बने श्रीलंकाका नयाँ प्रधानमन्त्री,आर्थिक संकट समाधान गर्लान् ?

Jul 22, 2022 01:32 PM Merolagani



श्रीलंकाका नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्देना बनेका छन् । उनलाई राष्ट्रपति रनिल विक्रमासिंघेले प्रधानमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति विक्रमासिंघेले प्रधानमन्त्री गुणवर्देनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्देना ७३ वर्षका छन् । गुणवर्देना श्रीलंकाका वरिष्ठ राजनेता, संसद सदस्य, पूर्वक्याबिनेट मन्त्री र श्रीलंकाका सासंद हुन् । गुणवर्देना यसअघि श्रीलंकाका विदेश मन्त्री तथा शिक्षा मन्त्री भइसकेका छन् । पूर्वराष्ट्रपति गाेटाबाया राजापाक्षेले उनलाई अप्रिलमा गृहमन्त्री बनाएका थिए ।

बुधबार मात्र राष्ट्रपतिका रुपमा रनिल विक्रमासिंघेलाई निर्वाचित गरिएको थियो । विक्रमासिंघेले बिहीबार सपथ ग्रहण गरेका थिए । उनी श्रीलंकाका आठौं राष्ट्रपति हुन् । अब श्रीलंकालाई आर्थिक संकटबाट उकास्नकालागि प्रधानम्नत्री गुणवर्देना र राष्ट्रपति विक्रमासिंघेको मुख्य भूमिका हुनेछ ।

गत साता देशमा उग्र विरोध प्रदर्शनपछि तत्कालिन राष्ट्रपति गोटाबाया आफ्नो परिवारलाई लिएर देश छोडेर भागेका थिए । यसपछि संसदले विक्रमासिंघेलाई गोटाबायाकाे बाँकी रहेको कार्यकालकालागि राष्ट्रपति निर्वाचित गरिएको हो । विक्रमासिंघे छैठाैं पटक देशको प्रधानमन्त्री बनिसकेका छन् । तर राष्ट्रपति भने उनी पहिलो पटक बनेका हुन् । 

श्रीलंका आर्थिक संकटसँग लडिरहेको छ । देशको आर्थिक अवस्था यति बिग्रेको छ कि आवश्यक सामाग्री तथा इन्धन आयात गर्न पनि रकम अभाव भएकाे छ । यस्तो अवस्थामा राष्ट्रपति तथा प्रधानमन्त्रीको यो नव जोडीले देशलाई यस समस्याबाट उकासेर सामान्य अवस्थामा ल्याउने जिम्मेवारी उनीहरूप्रति रहेको छ । विक्रमासिंघेले सबै दलहरुसँग व्यक्तिगत हित त्यागेर संकटसँग मिलेर लड्न आह्वान गरेका छन् ।




comments powered by Disqus

नेप्से पुगेर अर्थमन्त्री पौडेलले भने "३००० पुगेको सूचक किन फेरि २५०० मा आयो जवाफ चाहान्छु"

Sep 18, 2024 04:34 PM

अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेञ्ज पुगेर पछिल्लो समय बजार घट्नुको कारण खोजेका छन्। उनले ३००० पुगेको नेप्से अहिले २५०० मा झरेको भन्दै त्यसको कारण खोजी गरेका हुन्।