प्रि ओपन सेसन अपडेटः साढे १० अंक बढ्यो नेप्से

Aug 01, 2022 10:51 AM Merolagani

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १० अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ५४.५८ अंक बढेर २१९५.१० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.६६ अंक बढेर २२०५.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १७ स्टकको १५ लाख ९८ हजार ९४९ रुपैयाँ १० पैसा बराबरको ३ हजार ४७ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये १३ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ।

comments powered by Disqus

राष्ट्र बैंक र एनआरएनलाई एक साता भित्र घर खाली गरिदिन बालेनको उर्दी, नमाने डोजर चलाउने

Feb 21, 2024 05:17 PM

काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूलाई सात दिन भित्र भौतिक रुपमा सो क्षेत्रबाट हट्न बुधबार सूचना जारी गरेको छ ।