सयपत्री हाइड्रोपावरको शेयरमा १५ लाखको आवेदन, ७६ हजार ५८ ले मात्रै शेयर पाउने

Aug 02, 2022 05:43 PM Merolagani



सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब २६ गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०८ बजेसम्ममा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई छुट्टाएको ६ लाख ७० हजार ५८६ कित्ताको २५.७२ गुणा बढी हुन आउँछ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७६ हजार ५८ जनाले मात्रै शेयर पाउनेछन् ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।