नाफासँगै बढ्यो नेपाल एसबिआई बैंकको ईपीएस, वितरणयोग्य मुनाफा कति?

Aug 03, 2022 07:56 AM Merolagani



नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९६ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.७२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २१.०५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३९.८३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७५.०१ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ रहेको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ६७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ३५ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३.५० प्रतिशत बढेको छ भने जगेडा कोष २३.३५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १२.६८ प्रतिशत र कर्जा ८.५८ प्रतिशत बढेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।