‘राइट ब्याक’ घट्दा उपकार लघुवित्तको नाफा घट्यो

Aug 03, 2022 11:11 AM Merolagani



उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड (ULBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि ‘राइट ब्याक’ घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.८८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.१३ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ४० करोड १ लाख रुपैयाँ ऋणात्मकबाट ६ करोड २२ लाख रुपैयाँ धनात्मक भएको छ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७७ रुपैयाँ ९२ पैसा घटेर ६८ रुपैयाँ ९ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३९.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३५९ रुपैयाँ ५९ पैसा रहेको छ।

६ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १७ करोड ३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्त सापटी १९.८२ प्रतिशत, निक्षेप २९.५५ प्रतिशत र कर्जा ३१.०६ प्रतिशत बढेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।