फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले आईपीओ निष्काशन गर्ने

Aug 03, 2022 12:13 PM Merolagani



फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निकाष्शन गर्ने भएको छ । बीमा समितिबाट पुनर्बीमा दलाल ईजाजत पाएको फेडेरलले आईपीओ निष्काशनको प्रस्ताव सहित साधारण सभा बोलाएको हो ।

कम्पनी सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले भदौ १० गते शुक्रबार बिहान १० बजे, कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालमा पहिलो वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै कम्पनीले पूँजी वृद्धि गर्ने सम्बन्धमा हकप्रद शेयर निष्काशन गर्ने तथा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।

यस्तै कम्पनीले विदेशी लगानी भित्राउन कम्पनीको प्रबन्धपत्रमा उदेश्य थप तथा संशोधन गर्ने तयारी समेत गरेको छ ।

पुनर्बीमा ब्रोकर के हो?

पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुबीचमा मध्यस्थताको कार्य गर्ने कम्पनी नै पुनर्बीमा ब्रोकर हो । पुनर्बीमा ब्रोकरले पुनर्बीमा दाबी भुक्तानीमा सहजीकरण गर्ने, पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने, पुनर्बीमा सम्झौता अनुरुपको लिने-दिने रकमको हिसाब फरफारक गर्न सहयोग गर्ने लगायतको काम गर्नेछ ।

यस्तै ब्रोकरले पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने, बीमा÷ पुनर्बीमा बजारको तथ्यांक विश्लेषण गरी पुनर्बीमित र पुनर्बीमकलाई उपलब्ध गराउनेछ । जोखिम अनुसार उपयुक्त पुनर्बीमा व्यवस्था गर्न पनि ब्रोकरले सहयोग गर्नेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।