बर्ष दिनमै घटे ९ लाख थ्रिजी प्रयोगकर्ता, फोरजी चलाउने एक करोड ७६ लाख

Aug 03, 2022 01:11 PM Merolagani



नेपालमा टेलिकम कम्पनीहरुले चौथो पुस्ताको फोरजी प्रविधिका लागि पूर्वाधार थप्दै गएपनि फोरजीको पहुँच अपेक्षा अनुसार पुर्याउन नसकेको पाइएको छ । 

नेपाल दूरसञ्चार प्राधिरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार दुई ठूला मोबाइल सेवाप्रदायकले देशैभर फोरजी विस्तार गर्न नसकेको देखिएको हो ।

खासगरी, नेपालमा बढ्दै गएको फोरजीको पहुँचले तेस्रो पुस्ताको थ्रिजी प्रविधि फेजआउट हुँदै जानुपर्ने हो । तर, टेलिकम सेवाप्रदायक कम्पनीले समयमै देशैभर फोरजीको पहुँच नपुर्याएका कारण थ्रिजी प्रयोगकर्ता घट्न सकेका छैनन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सबै भन्दा ठूलाे बजार भएका नेपाल टेलिकम र एनसेल २०२१ भित्रै देशभर फोरजी विस्तार गरिसक्ने जनाएका थिए । प्राधिकरण आफैले पनि सन २०२१ भित्र फोरजीको विस्तार सकेर फाइबजी परिक्षण गर्ने बताएको थियो ।

अहिले नेपालमा उच्च हिमाली भेगमा फोरजीको पहुँच पुर्याउन टेलिकम कम्पनी असक्षम देखिएका छन् । करिब एक बर्ष अघि नै सक्नु पर्ने फोरजी विस्तारको काम अहिलेसम्म सकिएको छैन् ।

दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार एक बर्षमा थ्रिजी प्रयोगकर्ता ९ लाखले मात्रै घटेका छन् । जबकी नेपालका सबै ठाँउमा थ्रिजी प्रयोगकर्ता फोरजीमा रुपान्तरण हुनुपर्ने हो ।

गत बैशाखसम्मको रिपोर्ट अनुसार नेपालमा हाल फोरजी प्रयोगकर्ता एक करोड ७६ लाख पुगेका छन् ।

सबै ठाँउमा फोरजी विस्तार नभएकै कारण देशभर फोरजी सेवाबाट ग्राहक बञ्चित छन । मोबाइल ब्रोडव्यान्ड नेटवर्क अन्तर्गत थिजी सेवातर्फ नेपाल टेलिकमका ९४ लाख ग्राहक छन भने फोरजीमा २६ लाख ग्राहक रहेको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, एनसेलका २४ लाख थ्रिजी ग्राहक छन भने ४८ लाख ५ हजार जना फोरजी ग्राहक बनाएको छ । स्मार्ट टेलिकमको भने दुई लाख मात्रै फोरजी प्रयोगकर्ता छन । आर्थिक संकटका कारण स्मार्ट टेलिकमले केहि बर्षदेखि फोरजी ग्राहक थप्न सकेको छैन ।

ब्रोडव्यान्ड सेवामा छलाङ

हाल नेपालका दूरसञ्चार सेवाप्रदायकले पछिल्लो केहि बर्षमा छलाङ मारेका छन । बिशेषगरी फिक्सुड ब्रोडव्यान्ड अन्तर्गतको एफटिटिएच सेवामा नेपाल टेलिकम र अन्य इन्टरनेट सेवाप्रदायकले देशभर आफ्नो सञ्जाल बनाइरहेका छन ।

टेलिकम कम्पनी र इन्टरनेट सेवाप्रदायकका ब्रोडव्यान्ड सेवा तर्फ दुई करोड ७३ लाख सेवाग्राही पुर्याएका छन ।

तथ्याङ्क अनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले हालसम्म कुल १ करोड ३७ लाख ५१ हजार ग्राहक बनाएको छ । त्यस्तै निजी क्षेत्रको एनसेलले ७२ लाख २६ हजार मात्रै ग्राहक बनाएको छ । एनसेलले हाल मोबाइल सेवा मात्रै दिइरहेको छ ।

ग्राहक वृद्धिमा छलाङ मारेका इन्टरनेट सेवाप्रदायक कम्पनीका मात्रै ६१ लाख फाइबर ग्राहक बनाएका छन ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।