बर्ष दिनमै घटे ९ लाख थ्रिजी प्रयोगकर्ता, फोरजी चलाउने एक करोड ७६ लाख

Aug 03, 2022 01:11 PM Merolagani

नेपालमा टेलिकम कम्पनीहरुले चौथो पुस्ताको फोरजी प्रविधिका लागि पूर्वाधार थप्दै गएपनि फोरजीको पहुँच अपेक्षा अनुसार पुर्याउन नसकेको पाइएको छ । 

नेपाल दूरसञ्चार प्राधिरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार दुई ठूला मोबाइल सेवाप्रदायकले देशैभर फोरजी विस्तार गर्न नसकेको देखिएको हो ।

खासगरी, नेपालमा बढ्दै गएको फोरजीको पहुँचले तेस्रो पुस्ताको थ्रिजी प्रविधि फेजआउट हुँदै जानुपर्ने हो । तर, टेलिकम सेवाप्रदायक कम्पनीले समयमै देशैभर फोरजीको पहुँच नपुर्याएका कारण थ्रिजी प्रयोगकर्ता घट्न सकेका छैनन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सबै भन्दा ठूलाे बजार भएका नेपाल टेलिकम र एनसेल २०२१ भित्रै देशभर फोरजी विस्तार गरिसक्ने जनाएका थिए । प्राधिकरण आफैले पनि सन २०२१ भित्र फोरजीको विस्तार सकेर फाइबजी परिक्षण गर्ने बताएको थियो ।

अहिले नेपालमा उच्च हिमाली भेगमा फोरजीको पहुँच पुर्याउन टेलिकम कम्पनी असक्षम देखिएका छन् । करिब एक बर्ष अघि नै सक्नु पर्ने फोरजी विस्तारको काम अहिलेसम्म सकिएको छैन् ।

दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार एक बर्षमा थ्रिजी प्रयोगकर्ता ९ लाखले मात्रै घटेका छन् । जबकी नेपालका सबै ठाँउमा थ्रिजी प्रयोगकर्ता फोरजीमा रुपान्तरण हुनुपर्ने हो ।

गत बैशाखसम्मको रिपोर्ट अनुसार नेपालमा हाल फोरजी प्रयोगकर्ता एक करोड ७६ लाख पुगेका छन् ।

सबै ठाँउमा फोरजी विस्तार नभएकै कारण देशभर फोरजी सेवाबाट ग्राहक बञ्चित छन । मोबाइल ब्रोडव्यान्ड नेटवर्क अन्तर्गत थिजी सेवातर्फ नेपाल टेलिकमका ९४ लाख ग्राहक छन भने फोरजीमा २६ लाख ग्राहक रहेको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी, एनसेलका २४ लाख थ्रिजी ग्राहक छन भने ४८ लाख ५ हजार जना फोरजी ग्राहक बनाएको छ । स्मार्ट टेलिकमको भने दुई लाख मात्रै फोरजी प्रयोगकर्ता छन । आर्थिक संकटका कारण स्मार्ट टेलिकमले केहि बर्षदेखि फोरजी ग्राहक थप्न सकेको छैन ।

ब्रोडव्यान्ड सेवामा छलाङ

हाल नेपालका दूरसञ्चार सेवाप्रदायकले पछिल्लो केहि बर्षमा छलाङ मारेका छन । बिशेषगरी फिक्सुड ब्रोडव्यान्ड अन्तर्गतको एफटिटिएच सेवामा नेपाल टेलिकम र अन्य इन्टरनेट सेवाप्रदायकले देशभर आफ्नो सञ्जाल बनाइरहेका छन ।

टेलिकम कम्पनी र इन्टरनेट सेवाप्रदायकका ब्रोडव्यान्ड सेवा तर्फ दुई करोड ७३ लाख सेवाग्राही पुर्याएका छन ।

तथ्याङ्क अनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमले हालसम्म कुल १ करोड ३७ लाख ५१ हजार ग्राहक बनाएको छ । त्यस्तै निजी क्षेत्रको एनसेलले ७२ लाख २६ हजार मात्रै ग्राहक बनाएको छ । एनसेलले हाल मोबाइल सेवा मात्रै दिइरहेको छ ।

ग्राहक वृद्धिमा छलाङ मारेका इन्टरनेट सेवाप्रदायक कम्पनीका मात्रै ६१ लाख फाइबर ग्राहक बनाएका छन ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।