नाफा बढेपनि इन्फिनिटी लघुवित्तको ईपीएस घट्यो

Aug 04, 2022 05:57 AM Merolagani



इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.१४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५.८१ प्रतिशत बढेको छ र अन्य सञ्चालन आम्दानी ३५.०३ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १५.८४ प्रतिशत बढेको छ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ १४ पैसा घटेर ३६ रुपैयाँ २४ पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २७.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ २१ पैसा रहेको छ।

४१ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २४ करोड ५४ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्त सापटी १३.०८ प्रतिशत, निक्षेप ६१.८८ प्रतिशत र कर्जा ५३.९५ प्रतिशत बढेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।