प्रि ओपन सेसन अपडेटः करिब ५ अंक बढ्यो नेप्से

Aug 04, 2022 10:52 AM Merolagani



बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ६.७२ अंक बढेर २१८६.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.७२ अंक बढेर २१९१.४९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४८ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ८ स्टकको १६ लाख ६७ हजार ९८७ रुपैयाँ बराबरको २ हजार २१३ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ६ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।