एक्सेल डेभलपमेन्ट बैंकको नाफा घट्यो

Aug 04, 2022 12:41 PM Merolagani



एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा घटेको छ।

सो अवधिसम्ममा बैंकले ११ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.७२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन मुनाफा सामान्य बढेपनि गैर सञ्चालन खर्च बढेपछि बैंकको नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ करोड ४२ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १४.६० प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ६.५४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २.९७ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ९ रुपैयाँ ९० पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३३.०४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ३१ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४२ प्रतिशत बढेको छ भने जगेडा कोष १.९३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ६.६९ प्रतिशत र कर्जा ११.३० प्रतिशत बढेको छ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।