शेयर बजारमा जनार्दन शर्मा फिभर, शर्मा आए शेयर बजार घट्ने, शर्मा गए बढ्ने, संयोग कि सत्यता ?

Aug 05, 2022 06:11 AM merolagani

सुवास निरौला

शेयर बजारमा अर्थमन्त्री जनार्दन शर्मा फिभर देखिन थालेको छ। अर्थ मन्त्रीमा जनार्दन शर्मा नियुक्त भए शेयर बजार घट्ने र उनी बाहिरिएसँगै शेयर बजार बढ्ने देखिएकाे छ।

गत वर्ष २०७८ असार २९ गते पहिलाे पटक उनी अर्थमन्त्रीमा नियुक्त भएका हुन्। उनले अर्थमन्त्रीमा नियुक्ति पाएको दिन शेयर बजार मापक सूचक २८७१.०४ अंकमा रहेको थियो। नियुक्त भएको एक महिनासम्म उनी शेयर बजार मैत्री देखिएका थिए। त्याे एक महिनासम्म बजार बढ्याे  । तर उनी शेयर बजार मैत्री भए पनि त्यही समयमा नेपाल राष्ट्र बैंकले ४/१२ को नीति अघि सार्‍यो। त्यसपछि अर्थमन्त्री शर्मालाई बजारले पत्याउन छाड्यो। उनको कार्यकाल भरिनै शेयर बजार घट्दो लयमा देखियो। बजार १८४८ अंक सम्म झर्‍यो।

उनी नियुक्त भएको ठ्याक्कै एक वर्षमा विवादमा तानिए। बजेट बनाउँदा अनाधिकृत मानिसको प्रवेश गराएको विषयले चर्को रूप लिँदै गर्दा उनले राजीनामा दिनु पर्ने दबाब बढ्दै जाँदा शेयर सूचकमा समेत सकारात्मक परिवर्तन देखियो। उनले राजीनामा दिएसँगै शेयर बजारले पुन: बढ्दो लय समायो। तर जब उनी पुन: अर्थमन्त्रीमा नियुक्त भए त्यस दिनदेखि  बजारले घट्दो लय समाउन थालेको छ। पहिलो पटक जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भए यता सूचकले २८ प्रतिशत गुमायो। उनले राजीनामा दिएर २५ दिन बाहिर बस्दा सूचक ७.४० प्रतिशतले बढ्यो। तर उनी पुन: नियुक्त भए यता सूचकमा २.१४ प्रतिशतको गिरावट देखिन सुरु गरिसकेको छ।  

उनी अर्थ मन्त्रालय प्रवेश गरेकै भोलिपल्ट देखि नेप्से रेखा चित्रमा रातो क्यान्डिल बन्न सुरु थियो। जुन बुधवारको कारोबार सम्म निरन्तर छ। उनी नियुक्त भए यता साना साना क्यान्डिल बन्दै गरेकोमा बुधवार भने फराकिलो अंकले सूचकमा गिरावट देखिएको छ। यस अर्थमा भने शेयर बजारले शर्मालाई पत्याउने गरेको छैन। शर्माको नियुक्तिले लगानीकर्तालाई त्रसित पार्ने गरेको सूचकको मुभमेन्टले देखाउँछ। शर्माको नियुक्तिले शेयर सूचकमा पार्ने गरेको प्रभावलाई यकिन भने गर्न सकिँदैन। तर उनको नियुक्ति पछि शेयर सूचकमा देखिने गरेको परिवर्तनलाई भने नकार्न सकिँदैन।

खासगरी अर्थमन्त्रीमा शर्मा नियुक्त भए लगत्तै बजारले नकारात्मक प्रतिक्रिया दिएको थियो। उक्त प्रतिक्रिया लगत्तै केही लगानीकर्ताले ब्रोकर कम्पनीका सञ्चालकहरूले उनको नियुक्तिलाई राम्रो नमानेको बताएका थिए। उनका अनुसार यति बेला धितोपत्र बोर्डले ब्रोकर कम्पनीको चुक्ता पूँजी बढाउने गरी नियम संशोधन गर्दै छ। जसलाई ब्रोकर कम्पनीहरूले निको मानेका छैनन्। उक्त पूँजी वृद्धि योजनामा अर्थ मन्त्रीको पूर्ण सहयोग रहेको अभिव्यक्ति स्वयं धितोपत्र बोर्ड अध्यक्षले सार्वजनिक कार्यक्रममा दिएका थिए। जसले गर्दा उनी अर्थ मन्त्रीबाट गए लगत्तै ब्रोकर कम्पनीले राहतको सास फेरेका थिए। किनकि नयाँ आउने अर्थ मन्त्रीको तजबिजमा उक्त निर्णय हुने अनुमान ब्रोकर कम्पनीहरूको थियो। जुन उनीहरूको पक्षमा निर्णय हुन सक्ने सम्भावना बढी थियो। तर पुन: अर्थ मन्त्रीमा शर्मा आए लगत्तै ब्रोकर कम्पनीहरू निराश भएका थिए। जसले गर्दा उनीहरूले बजारमा प्रेसर दिन सक्ने ती लगानीकर्ताको भनाई थियो।

शेयर बजारमा सूचक घट्नु बढ्नुमा बजारका आफ्नै नियम हुन्छन्। कसैले बजार घटाउन खोज्दैमा र बढाउछुँ भन्दैमा बजार घटबढ हुने स्थिति भने छैन। तथापि बजारलाई नीति नियमहरूले भने फरक पार्ने गर्छ। त्यसैगरी बजार मैत्री अर्थ मन्त्रीले गर्दा पनि लगानीकर्तामा लगानी गर्ने कन्फिडेन्स बढाउने गर्छ। त्यसैगरी बजार मैत्री अर्थमन्त्री नहुँदा सूचकमा प्रेसर पर्नु स्वाभाविक रुपमा लिनु पर्ने हुन्छ। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।