गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.०१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सञ्चालन मुनाफा घटेपनि अघिल्लो आर्थिक वर्षको तुलनामा धेरै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत र अन्य सञ्चालन आम्दानी २५.३७ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३.७६ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक वर्षमा २० लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले गत आर्थिक वर्षमा १ करोड १६ लाख रुपैयाँ यस्तो कर्जा उठाएको छ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४ रुपैयाँ ५२ पैसा बढेर ४५ रुपैयाँ ५८ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ २० पैसा रहेको छ।
१० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १० करोड ८२ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्त सापटी ३५.७३ प्रतिशत, निक्षेप २७.२४ प्रतिशत र कर्जा ३४.२५ प्रतिशत बढेको छ।