सुन र चाँदी दुबै महंगियो

Aug 05, 2022 11:59 AM Merolagani



शुक्रबार सुन र चाँदी दुबैको भाउ महंगिएको छ। बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार ७०० रुपैयाँले महँगिएको हो।

शुक्रबार छापावाला सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

यस्तो शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।