म्यूजिक नेपालले आईपीओ निष्कासन गर्ने,आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी

Aug 05, 2022 01:46 PM Merolagani



आईपीओ निष्कासन गर्नकोलागि एनआईसी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

एनआईसी एशिया क्यापिटलले “आईडिया टु आईपीओ” सेवा अन्तर्गत म्यूजिक नेपाललाई संस्थागत परामर्श सेवा सहित म्यूजिक नेपाललाई आईपीओ जारी गर्ने चरणमा पुर्याइ निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने आईपीओ  निष्कासन गर्नेछ ।

उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्यूजिक नेपालको तर्फबाट महा प्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका हुन्। नेपालको सन्दर्भमा म्यूजिक नेपाल सर्वसाधारणमा आईपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हो ।

२०३९ साल श्रावण २४ गते स्थापना भई २०४० साल बैशाख २ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको म्यूजिक नेपालले नेपाली गीतसङ्गीतका एल्वमहरुको नियमित उत्पादन गर्न थालेको हो । म्यूजिक नेपालले सङ्गीत भनेको सोख र रहर पूरा गर्ने माध्यम मात्र हो भन्ने आमधारणामा परिवर्तन गर्दै यसलाई उद्योग–व्यवसायका रुपमा विकसित गर्न सकिन्छ भन्ने विश्वासले सुरुकै दिनमा रोयल्टी प्रथाको सुरूवात गर्दै यस क्षेत्रमा यो नेपालकै पहिलाे निजीस्तरको साङ्गीतिक उद्योगका रुपमा स्थापना भएको कम्पनी हो । 

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।